काठमाडौं । सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाकोे विवरण नागरिक एपबाटै हेर्न सकिने भएको छ । यसअघि पहिलो चरणमा एन्ड्रोइड भर्सनमा मात्र सुविधा थियो ।
आईओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको हो । नागरिक एपको नयाँ अपडेटमा देखिने ‘सवारी कर’ अन्तर्गत उक्त सुविधा उपलब्ध हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताएको छ ।
पहिलो चरणमा बागमती प्रदेशका यातायात व्यवस्था-सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीको विवरण अद्यावधिक गर्ने काम भइरहेको बताइएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS