काठमाडौं, साउन १९- काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित बढेसँगै सवारीसाधनमा फेरि जोरविजोर लगाउने तयारी भएको छ ।
संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेपछि यो विषय कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०को निर्देशक समितिमा पुगेको छ ।
यो विषयलाई सीसीएमसीले मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा पुर्याएपछि औपचारिक निर्णय हुनेछ । सरकारले असार २६ गतेबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो ।
संक्रमितको संख्या घटेपछि सरकारले सोही बेला भदौ १ बाट सार्वजनिक यातायात र उडान पनि खुला गर्ने निर्णय गरेको थियो । तर, फेरि जोखिम बढेपछि यी निर्णय पनि पुनर्विचार हुन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
FACEBOOK COMMENTS