काठमाडौँ– केहि समयअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ ।
यातायात व्यवस्था विभागले अनलाइन फाराम खुला भएको जनाएको छ । दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि–ट्रायल लगायतका कामहरु भने भइरहेका थिए।
काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ। चारवटै कार्यालयबाट, बाइक, स्कुटर र कार ÷ जीपका लागि आवेदन दिन सकिने यातायत व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ। अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ।
FACEBOOK COMMENTS