काठमाडौं, पुस २७ – ट्राफिक प्रहरी नखटाइएको भन्दै यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा बन्द स्थगित गरेको छ।
सोमबार एक सूचना जारी गर्दै कार्यालयले लाइसेन्सको ट्रायल परीक्षा स्थगित भएको जनाएको हो। आजैदेखि (सोमबार) लाइसेन्सका सबै खाले परीक्षा(लिखित तथा माैखिक) बन्द स्थगित गरिएको जनाएको हो।
साथै यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति कार्यालयले माफीसमेत मागेको छ।
FACEBOOK COMMENTS