काठमाडौं, माघ २० – घुस लिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई घुससहित पक्राउ गरेको हो ।
महोत्तरीको गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निगौल चोकबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
FACEBOOK COMMENTS