काठमाण्डौँ — विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ।
भट्टराईलाई नौ महिना जेल सजायसमेत तोकिएको छ।
विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उक्त फैसला सुनाएको हो।
भट्टराई प्रहरी सेवाबाट अवकासपछि नयाँ शक्ति पार्टीका नेतासमेत थिए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS