काठमाडौं, फागुन १८ – नाेकिया वान सिरिज अन्तर्गत नयाँ स्मार्टफाेन नेपाली बजारमा सार्वजनिक भएकाे छ । कम्पनीले याे सिरिजकै सबैभन्दा ठूलाे फाेनका रूपमा नाेकिया १.४ बजारमा ल्याएकाे हाे । याे फाेनकाे स्क्रिन ६.५२ इन्चकाे छ ।
याे फाेनका मुख्य विशेषतामा एन्ड्राेइड १० अपरेटिङ सिस्टम, आईपीएस एलसीडी डिस्प्ले (७२०x१६०० पिक्सेल), स्न्यापड्रागन २१५ प्राेसेसर, ८ मेगापिक्सेलकाे मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे सेल्फी क्यामेरा, ४ हजार एमएएच ब्याट्री, फिंगरप्रिन्ट (रियर-माउन्टेड) लगायत छन् ।
कम्पनीले याे फाेनबाट इन्टरनेटमेन्ट र डिस्ट्यान्स लर्निङका लागि राम्रो अनुभव लिन सकिने दाबी गरेकाे छ । गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले तपाईंलाई कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्दछ ।
क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले सुन्दर बुके पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दन सकिने कम्पनीले जनाएकाे छ ।
ब्लर ब्याकग्राउन्डमा प्रोफेशनल तस्वीर खिच्न पाेट्र्रेट मोडका साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्न सकिन्छ । कलर रिच तथा र क्रिप्स फोटोहरु आउने यस फोनको क्यामेरामा कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार यसका हार्डवेयरहरु पनि एकदमै बलियो टिकाउ र शानदार डिजाइन छ । नोकिया १.४ नेपालमा १७ फागुनदेखि उपलब्ध भएकाे छ । २ जीबी र्याम र ३२ जीबी स्टोरेजमा उपलब्ध यस फोनको मूल्य १२,८९९ छ । यो फोन ग्रे र पर्पल डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
यस्ताे छ नेपाली बजारमा नाेकिया स्मार्टफाेनकाे पछिल्लाे मूल्य सूची
Model Price Rs. Nokia C1 (1GB+16GB) 7,199/- Nokia – C1 Plus (1GB+16GB) 8,399 Nokia C2 (1GB+16GB) 9,299/- Nokia 2.2 (2GB/16GB) 9,499/- Nokia C3 (2GB/16GB) 12,499/- Nokia 2.3 (2GB/32GB) 13,499/- Nokia 2.4 (2GB/32GB) 12,999 Nokia 3.4 (3GB+64GB) 15,999 Nokia 5.3 (3GB/64GB) 21,000/- Nokia 5.3 (4GB/64GB) 23,499/- Nokia 7.2 (4GB/64GB) 33,999/- Nokia 1.4 (2/32GB) 12,899
FACEBOOK COMMENTS