काठमाण्डौँ – राष्ट्रिय सूचना आयोगले सहकारी संस्थामा सूचना अधिकारी हुनुपर्ने जनाएको छ।
अब सहकारीमा सूचना अधिकारी तोकेकै हुनुपर्छ।
हरेक सूचना सार्वजनिक गरेकै हुनुपर्ने सहकारी पत्रकार समाज र सहकारी विभागद्वारा संयुक्त रुपमा आयोजित सहकारीमा सूचनाको हक विषयक छलफल कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताए ।
सहकारीले आफूले गरेका गतिविधि सार्वजनिक गर्नुपर्ने उनको भनाई छ।
नेपालमा ३४ हजार सहकारी रहेको र ६० लाख मानिस आबद्ध रहेको तथ्यांक प्रस्तुत गर्दै प्रमुख आयुक्त बास्कोटाले सहकारी सूचनाबाट पछि हट्न नहुने बताए।
– नागरीक
FACEBOOK COMMENTS