काठमाण्डौँ — आफ्नो नियमनको दायरामा रहेका सहकारी संस्थाले समयमै विवरण नबुझाएपछि काठमाडौं महानगरपालिका सहकारी विभागले कारबाहीको चेतावनी दिएको छ ।
विभागले सूचना प्रकाशित गरी समयमै साधारणभा नगर्ने र प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको चेतावनी दिएको हो ।
अधिकांश सहकारीले समयमै वार्षिक साधारणसभा गरेर विवरण नबुझाएकाले सूचनामार्फत सचेत गराइएको र अटेर गर्ने संस्थालाई कारबाही गर्ने तयारी भइरहेको महानगरपालिकाको सहकारी विभागका प्रमुख नवराज ढकालले बताए ।
समयमै साधारणसभा नगर्ने तथा विवरण नबुझाउने सहकारीलाई विभागले ५ लाख रूपैयाँसम्म जरिवाना र संस्था खारेज गर्न सक्ने अधिकार छ ।
— कारोबार
FACEBOOK COMMENTS