काठमाण्डौँ — सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबार देखि सहुलियत पसल सञ्चालन गरेको छ ।
चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै सातै प्रदेशमा सुपथ पसल सञ्चालन गरेको हो ।
सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य संस्थानले संयुक्त रूपमा सहुलियत पसल सञ्चालन गरेको छ ।
सुपथ पसलमा चिनी, नुन, चामल, गेडागुडी, घ्यू र खसीबोकासँगै अन्य खाद्यान्नमा छुट दिइनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरेको बताए ।
उनका अनुसार सुपथ पसलमार्फत चिनी प्रतिकेजीमा पाँच रुपैयाँ, नुन प्रतिकेजीमा २ रुपैयाँ, बासमती चामल र सिमी फापरमा प्रतिकेजीमा १० रुपैयाँ र अन्य चामलमा प्रतिकेजीमा पाँच रुपैयाँ छुट दिइनेछ ।
यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले घ्यू प्रतिकेजीमा ५० रुपैयाँ र खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुट दिइनेछ ।
मन्त्रालयका अनुसार उपत्यकामा साल्टट्रेडिङ कर्पोरेसनको कार्यालय कालीमाटी, कोटेश्वर, टेकु, रामशाहपथ, सतुंगल, भक्तपुरको सूर्यविनायक र ललितपुरको नख्खु र जावलाखेलमा सुपथ पसल सञ्चालन गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS