काठमाण्डौं–साँग्रिला डेभलपमेन्ट बैंकको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकले आईतबार काठमाण्डौ डिल्लीबजारमा आ.ब.२०७३÷७४ को आर्थिक विवरणहरु सहित सभा सम्पन्न भएको हो ।
संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा रबिन्द्र प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि तेह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७३÷७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस कर सहित सो साधारणसभाबाट पारित गरि बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गरिने भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ ।
यस विकास बैंकले चालु आ.ब.को तेस्रो त्रैमासिक अवधिमा करिब रु. १४ अर्व ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि करिब रु. २५ करोड ०६ लाख खुुद मुनाफा आर्जन गरेको छ ।
हालसम्म ५२ शाखा रहेको यस बैंकले चालुु आ.ब.मा पूूंजी बृद्धिसंगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुु पर्ने भएकोले आफनो शाखा संजाललाई बिस्तार गर्ने कार्यमा हाल गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गर्नुुको साथै पहिला चरणमा काठमाण्डौं उपत्यकामा थप ६ वटा शाखा सहित सातवटै प्रदेशमा गरि नयां २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिई मुुस्ताङको जोमसोम बाहेक अधिकांस शाखाहरु यसै चालुु आ.ब.मा संचालन भईसकेको बैकले जनाएको छ ।
दोस्रो चरणमा काठमाण्डौ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुर सहित बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुलाको खल¨ा, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादि¨को गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति लिई निर्माण कार्य भइरहेको र सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्ने नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी गराए ।
आफ्नै १४ वटा ब्त्ः बाट सेवा प्रदान गर्दै आएको यस बैंकले हाल संचालनमा रहेको एससीटी संजालको एटीएम कार्डलाई बिस्तावित गरि नयां भिसा डेबिड कार्ड संचालनमा ल्याई सकेको छ
FACEBOOK COMMENTS