काठमाडौं, फागुन २९ – सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने उद्देश्यका साथ उक्त योजना सार्वजनिक गरेको हो ।
यो योजना न्यूनतम मौज्दात ५०० रुपैयाँबाट शुरु गर्न सकिनेछ ।
यस मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, यस योजना अन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराउँदछौ ।
यस योजना बाट ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास छ । हाल बैंकले ९१ शाखा कार्यालयहरु, २६ एटीएम तथा अन्य विभिन्न बैंकिङ प्रणाली मार्फत सेवा सुविधा दिँदै आएको छ ।
FACEBOOK COMMENTS