काठमाडौं, भदौ ३० । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको ग्वार्कोमा सन्चालित क्वेस्ट इन्टरनेश्नल कलेज अन्तर्गतको क्वेस्ट शोसल क्लबका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकको सहकार्यमा क्वेस्ट शोसल क्लबका विद्यार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
FACEBOOK COMMENTS