काठमाडौं, कात्तिक ३ – तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दशैँ खर्चबापतको रु. ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
उहाँको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६/१६ हजार सहयोग गरिनेछ ।
देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दशैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताउनुभयो ।
FACEBOOK COMMENTS