काठमाडौं, कात्तिक १८ – संघीय सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत रहेका सांसद केसीको मुस्ताङचोक स्थित आफ्नै घरमा गएराति १० : ३० बजे निधन भएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पुष्टि गरेका छन् ।
विगतमा मृगौला प्रत्यारोपण गरेका केसीलाई मधुमेह लगायतका समस्या थियो । सोमबार राति एक्कासी बिरामी परेपछि चरक मेमोरियल अस्पतालमा लैजाने तयारी गर्दै गर्दा निधन भएको हो ।
FACEBOOK COMMENTS