मदन तिमल्सेना/ तनहुँ, १७ बैशाख – कोरोना भाइरसको प्रकोपबाट बच्न संसार भर लकडाउनको सहारा लिईएको छ, नेपालमा लकडाउनको सहारा लिएर कोरोनाबाट बच्न खोजिएको छ तर पनि पछिल्लो समय नेपालमा लकडाउन उलंघनका फाट्टफुट्ट घटनाहरु भइरहेका छन् । पछिल्लो समय बैशाष १६ गते बुधवारका दिन तनहुको दमौलीमा नेपाल तरुण दल व्यास नगर कमिटीले सरकारको विरोध गर्न लकडाउनको उल्लंघन गरि जुलुस प्रदर्शन गरेपछि सांसद किसानको गृह जिल्लामा उनको दल सम्बद्ध भगिनी संस्थाले कारवाहीको माग राखेको छ । स्वास्थ्य जस्तो गम्भिर बिषयलाई मध्यनजर राख्दै लागु भएको नियम विपरित कार्य गर्नेहरु उपर कार्वाहीको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु तनहुले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल तनहुका अध्यक्ष ईस्वर बत्स्याल र अनेरास्ववियु तनहुँका अध्यक्ष डम्बर बि कको टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई भेटी उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो । उक्त ज्ञापनपत्रमा कसैलाई पनि आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न लकडाउन उल्लंघन गर्ने छुट नदिन, राहत वितरणमा एकद्वार प्रणालीको पालना गराउन, लकडाउनको समयमा भइरहेको पास दुरुपयोग बारेमा ध्यान दिन, जनजीविकाको सवालमा सचेत हुनका साथै बैशाख ९ गते भानु नगरपालिकामा भएको हत्या काण्डको निष्पक्ष छानबिन गर्न अनुरोध गरिएको अध्यक्षद्वय बत्स्याल तथा बि कले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले
अध्ययन पश्चात ज्ञापनपत्रका असल भावनाहरुलाई सम्बोधन गर्ने बताएका थिए ।
उक्त ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा राष्ट्रिययुवा संघ नेपालका केन्द्रिय सदस्य सरण सापकोटा, युवा संघ नेपाल तथा अनेरास्ववियु तनहुका नेताहरु भगवान् जोशी, कैलाश श्रेष्ठ, अमित कैनी, भुवन जङ ढुङ्गाना,शिव कुमार श्रेष्ठ,राजु खड्गि,कैलास श्रेष्ठ,टोप बाहादुर शाही,राम शरण बानिया,वसन्त राज पौडेल, सागर गिरि ॐ कुमार श्रेष्ठ, बिकि गुरुङ, भिम बाहादुर सुजन श्रेष्ठ,भिम बाहादुर घले, सुरेन्द्र पुन, मेघ राज जोशी लगायतको सहभागिता रहेको थियो । महामारीको प्रकोप बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै ज्ञापनपत्र बुझाउन उपस्थिति भएको सहभागीहरुले बताएका छन् ।
FACEBOOK COMMENTS