काठमाडौं, चैत्र ५ – सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलस्थित पलासे–डोलेश्वर खण्डमा पर्ने त्रिवेणी खोलाको पक्की पुल उद्घाटन गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एक विशेष कार्यक्रमका बिच उक्त पुल आज विधिवत रुपमा उद्घाटन गर्नुभएको हो ।
८ मिटर चौडाई भएको उक्त मोटेरेवल पुलको लागत रु ८१ लाखमा निर्माण सम्पन्न भएको हो । १९ फागुन २०७६ सालमा सम्झौता गरी सुरु गरिएको उक्त पुल उद्घाटनसँगै उक्त भेगका मानिसहरुले सहजरुपमा यातायातको सुविधा लिन सक्ने भएका छन् । पक्की पुल निर्माण गर्न विशेष भूमिका निर्वाह गर्नुहुने सांसद बस्नेतप्रति उक्त स्थानका जनताले उच्च सम्मान गर्दै विकासको नक्षत्रको रुपमा महेश बस्नेत भएको उल्लेख गरे ।
विगतका जनप्रतिनिधिकै कारण विकासबाट पछाडी परिएको इतिहास सम्झदै अबका दिनमा उक्त पिडादायी जीवन क्रमिक रुपमा अन्त्य हुँदै गएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरे । आगामी निर्वाचनमा समेत जनताले विकास प्रेमी सांसद छान्नेमा विश्वास गर्न समेत सांसद बस्नेतलाई आग्रह गरे ।
विकास र समृद्धिको यात्रामा दौडिएको भक्तपुर जिल्लामा कोरोनाको कहरकाबीच पनि प्रायजसो दैनिक रुपमा शिलान्यास तथा उद्घाटन भइरहेका छन् । उक्त पुल उद्घाटनका क्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको दुर्गम बस्तीको रुपमा हुन नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो । निर्वाचनको प्रतिवद्धता शतप्रतिशत पुरा गरिसकेको उल्लेख गर्दै अर्को दुई जनताको विकास प्रतिको चाहना पुरा गर्न बोनसको रुपमा काम गर्ने उद्घोष गर्नुभयो । सूनपा ९ मा तीन वटा पुलहरु निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै उहाँले अधुरा कामहरु तत्काल पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भक्तपुरमा विकासमा ऐतिहासिक अवसरको रुपमा रहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारको सहयोगमा नगरपालिका क्षेत्रभित्र करोडौंका आयोजनाहरु निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो । सडक, खानेपानी, ढल, विद्यालयलगायतका व्यवस्थापनसहितका समस्या समाधनको चरणमा रहेको बताउनुभयो ।
FACEBOOK COMMENTS