काठमाडौं । साउन १ गतेदेखि सबै प्रकारका सवारी साधनलाई अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ। सरकाले सो मितीदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीलाई यो प्रणाली लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए। ‘यो व्यवस्थाबारे हामीले केही समय अघि नै छलफल गरेका हौं। आउने साउन १ गतेदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने हरेक प्रकारको सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुनेछ, ‘महानिर्देशक नमराजले भने, ‘अन्य सवारीलाई पनि निर्धारित समय तोकेर जडान गर्न लगाइनेछ।’
महानिर्देकअनुसार नम्बर प्लेट छाप्ने काम पनि धमाधम भइरहेको छ। छाप्ने डेकाटुर टाइगर कम्पनीले गरिरहेको छ।गत वैशाखमा महानिर्देशक नमराजले आगामी दुई वर्षमा सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राखिसक्ने बताएका थिए। इम्बोस्ड नम्बर प्लेट राख्न सवारी धनीले निश्चित शुल्क बुझाउनु पर्छ। शुल्क यसप्रकार छः
सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै सरकारले झन्डै ४ वर्षअघि इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको थियो। पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनेको थियो।२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो। तर विभिन्न कारण योजना अनुसार काम भएन।
२०७४ भदौदेखि भने सरकारी सवारी साधनमा अनिवार्य र अन्य साधनमा ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था सुरू भएको हो। सरकारी सवारी साधनमा यो लागू भए पनि निजी तथा अन्य सवारीले चासो देखाएको थिएन। अब भने निजी तथा अन्य सवारी साधनले पनि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।
FACEBOOK COMMENTS