काठमाडौं, मंसिर १२- १३ औं दक्षिण एसियाली खेलकुल (साग) को अवसरमा चक्रपथ भित्र दुई दिन जोर(बिजोर प्रणाली लागू हुने भएको छ । ट्राफिक व्यवस्थापन गर्न भन्दै १५ गते उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चलाउन प्रहरीले अनुरोध गरेको हो ।
सवारी व्यवस्थापनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध र मंसिर १५ गते र २४ गते मात्र जोर विजोर प्रणाली लागू गर्न लागेको बताए ।
त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।
FACEBOOK COMMENTS