काठमाडौं, मंसिर २४ -१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । सागको समापन आज (मंगलवार)दशरथ रंगशालामा हुँदैछ।
समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घण्टा ३० मिनेट सम्बोधन गर्ने भएका हुन् ।
१२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।
समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्य सचिव सिलवालले समापन समारोहमा सम्बोधन गर्नेछन् ।
समापन समारोहमा कर्मचारीलाई पनि कार्डबिना प्रवेश गर्न पाईने छैन् । उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्।त्यस्तै, टिकेट पाउन नसकेकाहरुलाई ठूला स्क्रिन ठाउँठाउँमा व्यवस्था गरेको आयोजकले बताएको छ । औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ।
FACEBOOK COMMENTS