काठमाण्डौँ — साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका,ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।
नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उनले बताए ।
काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ ।
FACEBOOK COMMENTS