काठमाण्डौँ — भारतीय मुद्रा पाँच सय र हजार दरका नोट चलनचल्तीबाट हटाएको करिब दुई वर्षसम्म पनि नेपालमा रहेका ती दरका को छैन ।
नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत अनेकौं प्रयास भए पनि भारतीय पक्षले महत्त्व नदिएपछि ती नोट नसाटिएका हुन् ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा करिब ५ करोड भारु पाँच सय र हजार दरका नोट छन् ।
यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन ।
नेपाल सरकारले प्राथमिकताका साथ पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारु पनि साट्न नसकिएको जानकारहरु बताउछन् ।
भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो ।
त्यसबेलादेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS