काठमाण्डौँ — जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
विमल, सञ्जय, राजकुरमार, इम्तियाज र अबु सलमानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
— नागरीक
FACEBOOK COMMENTS