काठमाण्डौँ — सरकार र सहकारीको संयुक्त लगानीमा सबै प्रदेशमा सहकारी उद्योग स्थापना गरिने भएको छ।
उद्योग स्थापनाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको छ।
मन्त्रालयले उद्योग सञ्चालनका लागि ठोस योजना बनाउन सरोकारवालासँग छलफल सुरु गरेको छ।
तर, सहकारीका अगुवा सहकारी उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन्।
सरकारले सहकारीलाई कृषिमा लगानी गर्न आह्वान गर्दै आएको छ।
संयुक्त लगानीमा सामूहिक खेती प्रणाली, उद्योग, पशुपालन गर्ने सरकारको योजना छ।
सहकारीमन्त्री पद्माकुमारी अर्यालले सातै प्रदेशमा सहकारी उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताइन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS