काठमाडौं– बैक तथा वित्तीय क्षेत्रलाई गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजानिक गर्ने चटारो भइरहेको छ । सबै वाणिज्य बैंकले आफ्नो वार्षिक विवरण सार्वजनिक गरिसके भने अन्य वित्तीयले केहीले सार्वजनिक गरे केहीको भने अन्तिम तयारीमा रहेको छ ।
यसै बीच सात वटा बाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा १९ अर्ब ३५ करोड ६३ लाख ५३ हजार रुपैयाँ नाफा गरेका छन् । अन्य विवरण तल प्रस्तुत गरिएको छ ।
१. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७५।७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आफ्नो खर्चलाई घटाउँदै ब्याज आम्दानीबाट १० अर्ब २२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
आव २०७४र७५ मा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको बैंकले गतवर्षको अपरिस्कृत वित्तीय विवरणमा ४ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
२. नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५।७६ मा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस बैंकले अघिल्लो आबमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ६ दशमलव ६६ प्रतिशतले बैंक घाटामा गएको देखिएको छ ।
३. एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७५।७६ मा ३ अर्ब ५ करोड नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले जम्मा १ अर्ब ३३ करोड नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा २०७५।७६ मा बैंकको नाफा १ अर्ब ७२ करोडले बढेको हो ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सञ्चालन नाफा २ अर्ब ६६ करोडले वृद्धि गरी ४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ ।
बैंकको जगेडा कोषमा ३ अर्ब ८८ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३४।५६ रुपैंयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १६९।४१ रुपैंयाँ रहेको छ ।
४.सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा २ अर्ब ३० करोड ८८ लाख ५३ हजार खुद नाफा कमाएको छ । आर्थिक बर्ष ७४र७५ को सोही अवधिमा बैंकले जम्मा १ अर्ब ९० करोड ४० लाख ६१ हजार खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २१.२६ प्रतिशतले बढेको हो।
यस बैंकको प्रतिशेयर नेट वर्थ १६९ रुपैयाँ ७७ पैसा, प्रति शेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा, ब्याजदर अन्तर ९ स्प्रेड रेट ४ दशमलव ०७ प्रतिशत, आधार ब्याजदर १०.५७ प्रतिशत, पुँजीकोष अनुपात १२.५६ प्रतिशत र कोषको लागत ७.५४ प्रतिशत रहेको छ ।
५.बैंक अफ काठमाडु
बैंक अफ काठमाण्डुले गत आर्थिक वर्ष २०७५।७६ मा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विणरण अनुसार गत वर्ष बैंकले गरेको नाफा अघिल्लो आवकोभन्दा ६१ करोड ७१ लाखले बढी हो ।
बैंकले अघिल्लो आवमा एक अर्ब ३२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ । बैंकले गएको आवमा खुद ब्याजबाट ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ ।
यस बैंकको प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ ।
६.मेगा बैंक
मेगा बैंक नेपालले गत आर्थिक वर्ष २०७५।०७६ को चौथो त्रैमास अवधिसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ नाफा कामएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा ३०।५१ प्रतिशतले बढेको हो ।
७.नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७५।७६ मा १ अर्ब ६१ करोड नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७६ को १२ महिनाको अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा ४१ दशमलव २२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले १ अर्ब १४ करोड नाफा मात्रै नाफा आर्जन गरेको थियो ।
बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड रुपैंयाँ र चुक्ता पुँजी ८ अर्ब ८ करोड रहेको छ । प्रति सेयर आम्दानी २० रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ९१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS