काठमाडौं,कार्तिक २२- नेपाली बजारमा सुनको मुल्य फेरी घटेको छ । विहीबार प्रतितोला ४सय रुपैंयाले बढेको सुन साताको अन्तिम दिन आज शुक्रबार ७ सय रुपैयाले घटेको छ ।
विहिवार तोलाको ७० हजार ६ सय रुपैंयाका कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला ६९ हजार ९ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ६९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी पनि प्रतितोला रु १५ रुपैंयाले घटेर ८ सय ३५ मा कारोवार भैरहेको महासंघले जनाएको छ
FACEBOOK COMMENTS