काठमाडौं,७ फागुन- साधना लघुवित्त वित्तीय संस्थाले नायब महा–प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । फागुन ५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार योग्यता पुगेका जो कसैले फागुन ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैङ्क तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।
गोरखा नगरपालिका ६ हरमटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।
FACEBOOK COMMENTS