काठमाण्डौं– नेपाल पश्मिना उद्योग संघले १८ औं साधरण सभा सम्पन्न गरेको छ ।
ललितपुरको हिमालय होटेलमा एक कार्यक्रम गरी सम्पन्न गरेको हो ।
साधरण सभालाई सम्बोधन गर्दै उद्योग मन्त्री मात्रिका यादवले निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण हुनु पर्ने बताएका छन् । उनले एक अर्कोको अविश्वासले उद्योग तथा बजार विस्तारमा असर पर्ने बताएका हुन् ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले साना उद्योगलाई सरकारले केहि अनुदान दिएर प्रोत्साहन गर्नु पर्ने बताएका छन् ।
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा विक्रम थापाले यातयात ढुवानीको कारण नेपालको पश्मिना महंगो भएको बताएका छन् । नेपालमा पश्मिना उद्योगमा प्रतिस्पर्धा हुन नसक्दा महंगो भएको बताएका छन् ।
त्यस्तै व्यपार तथा निकासी वोर्डका निर्देशकले नक्कली पश्मिनाको कारण पनि नेपालको पश्मिना उद्योग बदनाम भएको बताएका छन् ।
FACEBOOK COMMENTS