काठमाडाैँ । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएको छ । यो नियमावली माघ ३ गतेबाट लागू भएको छ ।
नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरिएको जनाएको छ । सेबोनका अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आईपीओ निष्कासन गर्न सक्नेछन् ।
साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पुरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।
रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ । सेबोनबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिना भित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने छ ।
यस्ता छन् अन्य नियम ?
– संगठित संस्थाले बोर्डले सार्वजनिक निष्काशनका लागि अनुमति दिएमा त्यसका लागि बुझाईएका विवरणपत्रहरु सात दिनभित्र सार्वजनीक गर्नूपर्ने
–बोर्डले स्वीकृत गरेको २ महिना भित्रमा सार्वजनीक निष्काशन गर्नुपर्ने, निष्काशन गर्नुभन्दा कम्तिमा ७ दिन अगाडी बिक्रि प्रबन्धक मार्फत राष्ट्रिय स्तरको दैनिक पत्रिकामा आह्वानपत्र प्रकाशन गर्नुपर्ने, साथै वेवसाइटबाट समेत प्रकाशन गर्नुपर्ने
–धितोपत्र चार कार्यदिनसम्म बिक्रि खुला रहनेछ। यदि चार दिनमा बिक्रि नभएमा बढीमा १५ दिनको लागि बिक्रि खुला गर्न सकिने
–आवेदशकले न्युनतम ५०० कित्ताको लागि आवेदन दिनुपर्ने
–अंकित मूल्य सय हुनेछ भने सुरुमा ५० प्रतिशत रकम मात्रै माग आह्वान गर्ने, तर कम्पनीले तीन आर्थिक वर्षको लेखापरिक्षण विवरण प्रकाशन गरी पुजीँ संकलन गर्दा ५० प्रतिशत भन्दा बढी रकम माग गर्न सक्ने।
–आवेदनकलाई शेयरसंख्या पुगेसम्म न्युनतम ५०० कित्ता शेयर दिनुपर्ने, माग भन्दा शेयर संख्या बढी भएमा खण्डीत नहुने गरी बाँडफाँड गर्ने र कम भएमा गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने।
–बिक्रि खुला गरिएको धितोपत्र बिक्रि बन्द गरिएको मितिले १५ दिन भित्र बाँडफाँड सम्पन्न गर्नुपर्नेछ।
–यस्ता संगठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न सक्नेछन्
–प्रिमियममा आइपिओ निष्काशन गर्न सक्ने। यसका लागि,
तीन वर्षसम्म संस्था नाफामा गएको हुनुपर्ने
संस्थाको प्रतिशेयर चुक्ता पुजीँभन्दा प्रतिशेयर नेटवर्थ बढी हुनुपर्ने
कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने
–सर्वसाधरणबाहेक अन्यले निष्काशन गरिएको शेयर तीनवर्षसम्म बिक्रि वितरण गर्न नपाउने
FACEBOOK COMMENTS