काठमाण्डौ-सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सच ले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ ।
मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर चावहिलमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक श्री हरिभक्त सिग्देलज्यू र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धकश्रीकेशव राज के.सीज्यूले हस्ताक्षर गर्नु भयो । उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक श्री उषा खतिवडा समेतको उपस्थिति थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।
मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रशासनिक प्रवन्धक श्री हरिभक्त सिग्देलज्यूले, सानिमा लाईफ इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
FACEBOOK COMMENTS