काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा आज बुधबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भौतिक/भर्चुअल माध्यमबाट सभा सम्पन्न गरिएको कम्पनीले बताएको छ ।
उक्त सभामा अध्यक्ष लामिछानेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसैगरी आगामी आर्थिक वर्ष २०७७/७५ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्टलाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
सभाबाट कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई दुई जना सञ्चालकमा क्रमशः प्रपूजा पोखरेल र प्रकाशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
साथै अध्यक्ष लामिछानेले कम्पनीको प्रधान कार्यालयसहित २० वटा शाखा कार्यालयहरु सञ्चालन रहेकामा आगामी आर्थिक वर्षमा थप शाखा कार्यालयहरु सञ्चालन गरी कम्पनीको व्यावसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS