काठमाडौं– सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ूविद्यालय खाजा अभियानू लाई ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकाहरुलाई खाजा खुवाउदै आइरहेको छ ।
बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा यस बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकम हस्तान्तर गरेका हुन् ।
सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको बताए ।
सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत ७ बर्ष देखि सम्पुर्ण उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।
FACEBOOK COMMENTS