काठमाडौं, माघ २७ – सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) ले गरे।
समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएम सञ्चालनमा रहेका छन्।
FACEBOOK COMMENTS