काठमाडौं, असोज १२ – सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा अगम मुखिया नियुक्त भएका छन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मुखियालाई चार वर्षको लागि सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।
सानिमा लाईफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा मुखियाले आज कार्यभार ग्रहण गरिसकेका छन् । नेपाल लाईफ इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेका मुखियाले जीवन बीमा क्षेत्रमा १३ वर्षभन्दा बढि अनुभव सहित संयुक्त राष्ट्र संघीय नियोग आईएलओ समेत काम गरेर अनुभव बटुलेका छन् ।
FACEBOOK COMMENTS