काठमाण्डौं– सामसङले दक्षिण–पश्चिम एसिया क्षेत्रका लागि नोट सिरिजको पछिल्लो संस्करण सार्वजनिक गरेको छ ।
बुधबार नयाँदिल्लीको गुडगाउँमा आयोजित एक विशेष कार्यक्रममा सामसङ इलेक्ट्रोनिक्सको सूचना प्रविधि तथा मोबाइल सञ्चार शाखाका प्रमुख डिजे कोहले ग्यालेक्सी नोट ९ सार्वजनिक गरेका हुन् ।
नोट ९ मा रहेको एस पेनले सेल्फी खिच्न तथा सहजै प्रिजेन्टेसन (प्रस्तुतीकरण) गर्न मिल्छ ।
इन्टेलिजेन्स क्यामेरायुक्त नोट ९ बाट सामसङ डेक्स तथा एचडिएमआईको सहयोगमा नयाँ पिसीको समेत आनन्द लिन सकिने जनाइएको छ ।
यसमा नोट ९ मा ४ हजार एमएएच क्षमताको ब्याट्री राखेको छ । जसले बिहानदेखि साँझसम्म कुराकानी गर्न, लेख्न, गेम खेल्न, भिडियो हेर्न मिल्ने कम्पनीको दाबी छ ।
त्यस्तै स्टोरेजको हिसाबले पनि ग्यालेक्सी नोट ९ आकर्षक छ ।
नेपालमा हाल १ सय २८ जिबी स्टोरेज क्षमता भएको ग्यालेक्सी नोट ९ उपलब्ध छ ।
ग्यालेक्सी नोट ९ मा राखिएको एस पेनले लेख्न र कोर्न मात्र नभई रिमोटका रूपमा समेत काम गर्छ ।
ग्यालेक्सी नोट ९ को मूल्य नेपाली बजारमा १ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS