काठमाडौं । सामसङले नेपाली बजारमा ‘एम’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम३२ सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक भएकाे यो स्मार्टफोनले युवाका लागि मुभी, गेम, सोसल मिडियाजस्ता सम्पूर्ण आवश्यकतलाई सहजै पूरा गर्ने कम्पनीले दाबी गरेको छ ।
यसमा ९० हर्ज रिफ्रेस रेटका साथ ६.४ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभवसमेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यसको स्क्रिन ब्राइटनेस ८०० निट्सले फोनलाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यसअघि एम सिरिजहरुमा उपलब्ध थिएन ।
‘हामी सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरका साथ नयाँ-नयाँ विशेषतायुक्त स्मार्टफोनको विकास गर्न लागिपरेका छौं । यसै सिलसिलामा हामीले मोन्स्टर लेगेसीलाई निरन्तरता दिन नयाँ #BingeMonster का साथ उपस्थित भएका छौं ।यसमा भएका थुप्रै विशेषताले यो डिभाइस आजका युवामाझ अझै लोकप्रिय हुनेछ र सोसल मिडिया, इन्टरटेन्टमा नयाँ पुस्ताहरुलाई यो फोन उत्कृष्ट सावित हुने विश्वास लिएको छु’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले भने ।
फाेनमा ६००० एमएएच ब्याट्री रहेको छ, जसले गर्दा दिनरात बिना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जरसमेत प्रदान गरिएको छ ।यसमा भएको वृहत् ब्याट्री सुविधाले बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्तिसमेत दिने विश्वास लिइएको छ ।
यसमा अक्टा कोर मिडियाटेक जी८० प्रोसेसर रहेको छ, यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्दछ ।यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्ने बताइएकाे छ ।
ग्यालेक्सी एम३२ मा २० मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथ ६४ मेगापिक्सेलको क्वाडक्यामेरा सेटअप उपलब्ध रहेको छ ।यसले उत्कृष्ट सफा एवं मनोरम सेल्फी कैद गर्न सकिन्छ भने यसका साथै ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामराको सहयोगबाट अभूतपूर्व ल्याण्डस्केप लिन सकिन्छ । त्यसै गरी २ मेगापिक्सेलको माइक्रो लेन्सले क्लोजअप फोटो लिँदा पनि सफा एवं स्पष्ट फोटो लिन सकिन्छ ।
यसका साथै प्रयोगकर्ताहरुले यसको डेफ्थ मोडलाई सहजै परिवर्तन गर्न पनि सक्नुहुने छ ।ब्ल्याक, लाइट ब्लु तथा लेजर ग्रिन गरी तीन कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध रहेका छन् । ४/६४ जीबीलाई रु. २४,९९९ तोकिएको छ भने ६/१२८ जीबी भेरियन्टलाई रु. २७,९९९ ताेकिएकाे छ ।
यो फोन असार २३ देखि नेपालभरका आधिकारिक सामसङ ब्राण्ड स्टोर तथा रिटेल स्टोरमा उपलब्ध हुने जनाइएकाे छ ।
FACEBOOK COMMENTS