काठमाडौं, माघ ६ –सामसुङ इलोक्ट्रोनिक्सका भाइस चेयरमेन लि जे योङलाई साढे दुई वर्ष जेल सजाय तोकिएको छ । सोमबार दक्षिण कोरियाको उच्च अदालतले योङलाई साढे दुई वर्षका लागि जेल सजाय सुनाएको हो । उनको मुद्धा भ्रष्टाचारसँग सम्बन्धित छ । लि यसअघि पनि जेल परेका थिए ।
सन् २०१७ मा दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेसँग सम्बन्धित भ्रष्टाचारको मुद्धामा पक्राउ परेका थिए । लि को फर्मले पूर्व राष्ट्रपतिका निकट व्यक्तिको गैरनाफामुमी संस्थालाई चन्दा दिएर लाभ लिएको आरोप लागेको छ । उनीमाति ६० लाख डलर चन्दा दिएको आरोप लागेको थियो । पक्राउ परेका योङले सन् २०१५ मा दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कका साथि चोइ सुन सिललाई ७.८ मिलियन डलर (९१ करोड २३ लाख एक हजार २ सय ६० रुपैयाँ) दिएका थिए ।
उक्त कर्पोरेट फन्ड अघोषित रुपमा उनले आफ्नै फाइदाका लागि प्रयोग गर्ने सम्झौता गरेका थिए । यसै प्रकरणमा योङ पहिले पनि जेल परिसकेका थिए । सन् २०१८ मा उनी जेलबाट छुटेका थिए । ‘यो एकदमै पछुतोको विषय हो, सामसुङ जस्तो देशकै ठूलो कम्पनी र विश्वकै ’ न्यायधिश जियोङ जुन योङले प्रतिक्रिया दिदै भनेका छन्, ‘यो मुद्वा भ्रष्टाचारकै अर्को रुप हो । जसमा सामसुङकै उच्च तहको व्यवस्थापन नै मुछियो ।’
सामसुङका योङले भने यसलाई शक्तिको दुरुपयोगका रुपमा व्याख्या गरेका छन् । पूर्व राष्ट्रपतिबाट शक्ति दुरुपयोग भएको हो । ‘कर्पोरेशनको स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकारमाथिको हस्तक्षेप हो ।’ उनले भने । दक्षिण कोरियाका व्यापारिक समुहले योङ पक्राउपछि उनको अनुपस्थिीतिमा सामसुङलाई ठूलो क्षति पुग्ने बताउँछन् । जसले गर्दा दक्षिण कोरियाको अर्थतन्त्रलाई पनि घाटा पुग्ने उनीहरुको प्रतिक्रिया छ ।
FACEBOOK COMMENTS