काठमाण्डौँ — सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नेपालमा कार्यरत विदेशी कामदारलाई पनि समेटिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रम मंसिर ११ देखि कार्यान्वयनमा आएको छ ।
श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रममा नेपाली र विदेशी कामदारबीच भेदभाव नगरिने बताए ।
भारतीय कामदारले पनि विभागमा अभिलेख राख्नुपर्ने श्रम विभागले जनाएको छ ।
विभागमा भारतीयसहित विदेशी कामदारका लागि रोजगारदाता कम्पनीले ६ महिनासम्मका लागि १५ हजार रुपैयाँ र ६ महिनाभन्दा बढी काम लगाउनुपरे २० हजार रुपैयाँ दस्तुर बुझाउनुपर्छ ।
श्रमले काम गर्नका लागि स्वीकृति दिएपछि मात्रै विदेशी कामदारलाई काममा लगाउन पाइने विभागले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS