असोज १७,काठमाडौ – बडा दशै,शुभदीपावली,नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा बिगत बर्षझै सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा र महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बउउतमराज सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।केन्द्रका सचिव मीन प्रसाद पौडयालले संचालन गरेको कार्यक्रम मा प्रमुख अतिथि सरवेदीले मन्तव्य राख्दै विकृति र विसंगतीलाई न्युनिकरण गर्नका लागि जनता र प्रहरीबीचको हातेमालो आवश्यक रहेकोमा जोड दिए । कार्यक्रम मा कामपा ४ नं वडाका मोहन बहादुर बिष्ट ,महाराजगन्ज प्रहरी इन्चार्ज उमेश लम्साल ,कमलपोखरी इन्चार्ज भरत बहादुर बिक ,जियन दाई शर्मा लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।सभालाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले नेपालीहरुको पर्वहरुले नेपालीलाई एकतामा बाध्न सहयोग पुर्याउदै आएको बताउदै सबै नेपालीको सुस्वास्थ्य,समृद्धिको कामना समेत गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ ,कमलपोखरी ट्राफिक इन्चार्ज सुनिल कार्कि नेपाल प्रहरी, सामुदायिक प्रहरी टुँडलदेवी इन्चार्ज कल्पना थापा,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा समाजसेवी,स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।