तेह्रथुम जिल्लाको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीको सहितको टोलीको हेलिकोप्टर दुर्घट्नामा परि बुधबार निधन भएको हो ।
ढकालले मन्त्री तथा व्यवसायीको निधनमा दुख व्यक्त गरेका छन् ।
मन्त्री अधिकारीको निधनले मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको उनले बताएका छन् ।
उनले भनेका छन् ‘दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई शहादत प्राप्त गर्नुहुने उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको आत्माले शान्ति पाओस् भनी मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
FACEBOOK COMMENTS