काठमाडौं, फागुन २३ – सार्क च्याम्बर महिलाउद्यमी परिषद् नेपालको संरक्षणमा गठन भएको संस्थाको स्थापना सम्पूर्ण दक्षिण एसियाली उद्यमी तथा उद्योग प्रति इच्छुक महिलाहरूको विकास गर्ने उद्देश्यले सार्क च्याम्बर महिला उद्यमी परिषद को स्थापना भएको छ ।
कोभिड–१९ को प्रकोप सुरु भएदेखी रोकिएर रहेको कार्यक्रम नाइत बजार शनिवार सफल रूपमा सम्पन्नभएको छ। कोभिड–१९ को अवधिमा सदस्यहरूको आत्मविश्वास र व्यापारलाई बढावा दिनको लागि धेरै सहयोगी कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सार्क च्याम्बर महिलाउद्यमी परिषद् सार्क च्याम्बर महिला उद्यमी परिषद नेपालकी उपाध्यक्ष श्रीमती सरोजिनी शेर्चनको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै कार्यक्रमहरू सम्पन्नहुँदै आइरहेका छन् । राष्ट्रिय समृद्धिको माध्यमका रूपमामहिलालाई आर्थिक स्वतन्त्रताको महत्त्व सिकाउनकानिम्ती, निरन्तर कदमचाल्ने र नवीनतादिने सार्क च्याम्बर महिलाउद्यमी परिषद्को अभियानको एक हिस्साको रूपमा रहदै आएको छ ।
वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै ,सबै कोभिड–१९ भाइरसको साथबाँच्न आवश्यक छ भन्ने विश्वासका साथ, सार्क च्याम्बर महिला उद्यमी परिषद ले सो कार्यक्रमआयोजना गरेको हो।सामाजिक दुरी कायम राख्नकानिम्ति, बजार २२ वटा स्टालहरुमा सीमित राखिएको थियो।
बजारमा विभिन्न क्षेत्रकामहिलाउद्यमीहरूद्वारा प्रतिनिधित्व रहेको थियो भने घरको सजावटदेखि सुन्दर सामानसम्म, हस्तशिल्पित गहना, हातले बनाएको कश्मीरी स्कार्फ, स्वेटर, सल, विशेष हस्तशिल्पित रेशम, शिफन साडी र गरगहना, मैनबत्तीहरु तथाअन्यविशेष चिजहरु जस्तै टेबल रनर, म्याटहरु, नेपालको प्रचलित लोकताकागज कपडा साथै अन्य कृषिउत्पादनहरू, परम्परागतखाद्यान्न वस्तुहरू जस्तै मस्यौरा, अचार, ताजा जैविक तरकारीहरू, स्वास्थ्यसँग सम्बन्धितउत्पादनहरू र मसाजको माध्यमबाट हातको उपचार गर्ने जस्ता सम्पूर्ण कुराहरू सबै एउटै छानोमुनिउपलब्धगरिएको थियो ।
बजारको उद्देश्य नेपालमाबनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको भावनाप्राप्तगर्ने, स्थानीयउत्पादनहरूलाई प्रोत्साहित र प्रवर्द्धनगर्ने, मानिसहरुको सोच परिवर्तन गर्ने र उद्यमीहरूलाई B2B / B2Csf को माध्यमबाट जोड्ने थियो ।
FACEBOOK COMMENTS