काठमाडौं, बैशाख १०- कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त बनेको छ । यस महामारीबाट नेपाल लगायत दक्षिण एसियाली मुलुक पनि अछुतो रहन सकेको छैन् । यद्यपी युरोप तथा अमेरिकाको जस्तो भयावह स्थिती दक्षिण एसियाली मुलुकहरुमा देखा परिसकेको भने छैन् ।
कोभिड-१९ का कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा पर्ने मुलुकहरुमा १ हजार २१ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउनेमा भारतमा रहेको छ । भारतमा अहिलेसम्म २० हजार १ सय ७८ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा अहिलेसम्म ९ हजार ७ सय ४९ जनाको कोरोना संक्रमण भएको छ भने २ सय ९ जनाको मृत्यु भएको छ।
त्यस्तै गरी भुटानमा अहिलेसम्म ६ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। श्रीलंकामा अहिलेसम्म ३ सय २१ जनालाई कोरोना संक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ।
बंगलादेशमा अहिलेसम्म ३ हजार ३ सय ८२ जनालाई कोरोना संक्रमण भएको छ भने १ सय २० जनाको मृत्यु भएको छ। अफगानिस्तानमा अहिलेसम्म १ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने ३६ जनाको मृत्यु भएको छ।
माल्दिभ्समा अहिलेसम्म ८६ जनालाई कोरोना संक्रमण देखिए पनि मृत्यु भने कसैको भएको छैन।
नेपालमा अहिलेसम्म ८ हजार ७ सय ७३ जनाको कोरोना परीक्षण भएको छ, । नेपालमा अहिलेसम्म ४५ जनालाई कोरोना संक्रमण भएको छ। नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु भने भएको छैन। ७ जना उपचारपछि घर फर्किएका छन् ।
FACEBOOK COMMENTS