काठमाण्डौँ — अर्थमन्त्री डा.युवराज खतिवडालाई सार्वजनिक खर्च पुनरावलोकन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ ।
विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचना अनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले अर्थ मन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
ड. डिल्लीराज खनालको अध्यक्षतामा गठित सार्वंजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन बुझदै मन्त्री खतिवडाले आयोगले सुल्झाएका विषयलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।
मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तिय अनुशासन कायम गर्ने लगायतका विभिन्न पक्षका बारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष डा खनालले बताए ।
— कारोबार
FACEBOOK COMMENTS