काठमाडौं । सरकारले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले वृद्धि गरेको छ । मंगलबारदेखि नै लागू हुने गरि सरकारले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी को २० प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको २६ प्रतिशतले भाडा वृद्धि भएको हो । यसभन्दा अघि सार्वजनिक सवारी साधानको भाडादर इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी निर्धारण हुने गरेको थियो ।
भाडा निर्धारणका अन्य सूचकलाई २०७२ सालदेखि यथावत राखी इन्धनलाई मात्र आधार मानेर भाडा समायोजन गरिएको थियो । २०७५ असोज ७ गते समग्रमा १० प्रतिशत भाडावृद्धि गरि समायोजन गरिएको विभागले जनाएको छ । विगत लामो सयमदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञापिक भाडादर लागू हुन सकेको थिएन ।
FACEBOOK COMMENTS