काठमाडौं, असोज ११ – कोरोना भाइरसका कारण उपत्यकामा जारी गरिएको दोस्रो पटकको निषेधाज्ञा खुलेसँगै सडकमा निकै भिडभाड बढेको छ । सडकमा सवारी साधनको चाप पनि उत्तिकै देख्न सकिन्छ । मान्छेहरू आफ्नो दैनिक जसो कामकाजमा फर्किन थालेकाले पनि भिडभाड बढेको हो । सार्वजनिक सवारी साधन सञ्चालनमा सरकारले निर्देशन दिएसँगै यात्रुहरू बसमा भुण्डिएरै यात्रा गरिरहेका छन् ।
सरकारले सिट क्षमता भन्दा आधा यात्रु राख्ने र ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न निर्देशन दिएको भए पनि सञ्चालकहरूले मन लाग्दी भाडा लिने र पुरै सिटमा यात्रु राख्दै आएको यात्रुहरूको गुनासो छ । कोरोना भाइरसका कारण आम मानिसमा त्रास छ तर दैनिक जसो काममा जानै पर्ने बाध्यताले झुन्डिएर गाडिला यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
सवारी साधनमा न त भौतिक दुरी कायम गरेका छन् नत स्यानिटाइजरको प्रयोग नै । सहचालकहरूले यसको बेवास्ता गर्दै भाडा समेत लिने र सिट क्षमता भन्दा बढी यात्रु राखेर यातायात सञ्चालन गरिरहेका छन् । यात्रुहरू पनि जबरजस्ती गरेर भिडभाडमै चढ्ने गरेको सहचालक बताउँछन् ।
सरकारले जोरबिजोर लागु गरे पनि यो नियम कसैले पालना गरेका छैनन् । सडकमा जाम पुरानै अवस्थामा देख्न सकिन्छ । नत कोरोनाको त्रास कसैलाई छ न भौतिक दुरी कायम गरेका छन् । उपत्यका पुरानै अवस्थामा फर्किसको हो र अब कोरोनाको त्रास हटिसकेको हो भन्ने भान हुन्छ । तर सर्वसाधारण आफै सचेत नभए भयावह स्थिति आउन सक्ने देखिन्छ ।
FACEBOOK COMMENTS