काठमाण्डौं– सरकारले चिनी माफिया संग मिलेर चिनीमा लगाएको प्रतिबन्धको सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएको राल्ट टे«डिङको चिनी भन्सार पास भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो चिनी छुटाउन ५ करोड रुपैयाँ बैंक धरौटी राख्नु परेको छ ।
सरकारले दशैं अघि लगाएको परिमाणात्मक बन्देजका कारण साल्ट ट्रेडिङको २ हजार ५ सय टन चिनी बन्दरगाहमा रोकिएको थियो ।
मन्त्रिपरिषद्ले बन्दरगाहमा रहेको साल्ट ट्रेडिङको २ हजार ५ सय टन र नेपालगन्ज भन्सारमा अड्किएको विभिन्न आयातकर्ताको १ सय ४४ चिनी जाँचपास गर्न दिने निर्णय गरेको थियो ।
भारतको पश्चिम बंगालको हल्दियास्थित रेणुका सुगर मिलबाट कर्पोरेसनले उक्त चिनी खरिद गरी ल्याएको थियो ।
साल्ट टे«डिङले दसैं, तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरी चिनी ल्याएको थियो ।
FACEBOOK COMMENTS