काठमाडौं, पुस २७- साल्ट ट्रेडिङ कर्पोरेशनले आकर्षक लाभांश घोषणा गरेको छ ।
कर्पोरेशनको सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो ।
कर्पोरेशनले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS