काठमाडौं, वैशाख २२ – साल्ट ट्रेडिङ कर्पोरेसनमा चिनिको मौज्दात न्यून भएपछी ब्यपारीको चिनीमा मनोमानी मूल्य राख्न थालेको छ । वाणिज्य विभागको अनुगमनले चिनीमा मनलाग्दी मूल्य असुलेको भेटाएको हो । अनुगमनको क्रममा इन्दुशंकर चिनी मिलले होलसेलमा प्रतिकिलो ८१ रुपैयाँमा चिनी बिक्री गरेको पाइएको थियो भने एभरेस्ट चिनी मिलले होलसेलमै ८६ रुपैयाँमा पठाएको छ ।
‘दुवै कम्पनी नेपाली हुन । तर होलसेलमै प्रतिकिलो ५ रुपैयाँ फरक देखिएको छ,’ वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले भने, स्वदेशी उत्पादनमै मूल्य फरक देखियो ।
चिनीसँगै विभागले तेलको मूल्य पनि विश्लेषण गरिरहेको जनाएको छ । ‘अहिले अन्तर्राष्ट्रिय मूल्य बढेको छैन । तर नेपाली बजारमा मूल्य बढाइएको छ,’ उनले भने, ‘गत साउनदेखिको सबै मूल्य हेर्दै छौं ।’
FACEBOOK COMMENTS