सुपरमार्केटले पनि अनलाइन डेलिवरी सुरु गर्ने कि ?
काठमाडौं,चैत १२- आज सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन । काठमाडौं लगायतका देशभरीका मुख्य बजार तथा सडक सुनसान देखिएका छन् । सडकमा सुरक्षाकर्मी र अत्यावश्यक सामान ढुवानी गर्ने सिमीत सवारी साधन बाहेक अरु देखिदैनन् ।
तर काठमाडौंका गल्लीगल्लीमा मानिसहरु आफुलाई आवश्यक पर्ने सामग्रीको खरिदका लागि साना किराना पसलहरुमा भिड लागेर उभिएको देखिन्छ। सरकारले विहान वा साझमात्र पसल खोल्दा भिड बढेको भनेर खाद्यन्न पसलहरु दिनभरी खुला राख्न अनुमति दिएको छ । तर सबै पसलहरु खुलेका छैनन् भने खुलेका पसलमा पनि भिडभाड देखिन्छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जना भन्दा बढी मानिस एकठाँउमा जम्मा नहुन आदेश दिएको छ । तर पसल तथा सुपर मार्केटहरुमा खाद्यन्न खरिदका लागि मानिसहरु आउँदा त्यहाँ मानिसको भिड बढ्ने देखिन्छ । यस कार्यले सरकारको निर्णयको धज्जी त उडाउँछ नै साथै संक्रमण फैलनसक्ने जोखिमलाई पनि हामीले बेवास्ता गर्न मिल्दैंन् ।
यसका लागि सम्बन्धित मार्ट तथा पसलहरुले अनलाइन मार्फत सामान अर्डर गर्न सक्ने व्यवस्था मिलाउँन जरुरी छ । साना पसलमा त्यो संभव नभएको खण्डमा मोवाइल नम्बर उपलब्ध गराउनुका साथै सामाजिक सञ्जालको प्रयोग पनि गर्न सकिन्छ । आफ्ना ग्राहकको समावेश गरी सामाजिक सञ्जालमा ग्रुप च्याट मार्फत सामानको अर्डर लिने र डेलिवरी गर्ने सुविधा पनि दिन सक्छौं । यसले गर्दा रोकको संक्रमण फैलन रोकन कोहि हदसम्म मदत मिल्दछ ।
सरकारले पनि अहिले उपत्यकाका विभिन्न स्थानमा सरल र सुलभ मुल्यमा जनतालाई खाद्यन्न उपलब्ध गराउन साझा पसलहरु सञ्चालनमा ल्याएको छ । त्यस्ता पसलमा पनि आधुनिक प्रविधिको प्रयोग गरी घरमै बसी ग्राहकले चाहेका सामाज अर्डर गर्न मिल्ने र सरल रुपमा डेलिवरी गर्न सकिने संयन्त्र बनाउन जरुरी छ ।
यद्यपी नेपालमा अहिले कोरोना संक्रमणको अवस्था सामान्य छ । अहिले सम्म दुई जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको छ तर यसो भन्दैमा विश्वलाई नै चुनौती दिएको यो रोगलाई हामीले सामान्य रुपमा लिन सक्ने अवस्था छैन् । हामीले अहिले नै सावधानी अपनाउन सक्यौ भने मात्र देश जोगिन सक्छ । लापरवाहिका कारण विनाश भोगेका इटालीको उदाहण हामी सामु हुदाँहुदैं अर्को गल्ती गर्नु हाम्रो मुर्खताका साथै मानव सभ्यता माथि नै प्रश्न उठ्नु हो । त्यसैले हामी सरकारको आदेशको पालना गरौं र जो जहाँ छ त्यही सुरक्षित साथ बसौं ।
यसै सन्दर्भमा हामीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई नुन, दाल, चिनी, चामल लगायतका अत्यावश्यक खाद्य सामग्रीको आपूर्ति कसरी गरिरहनु भएको छ भनी सोधेका थियौं । उनले साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर सञ्चालनमा आएका पसलहरुबाट अत्यावश्यक सामग्रीको वितरण भइरहेको बताएकी छिन् । उनले भनिन् -‘हामीले हाम्रो डिपोहरुमा अत्यावश्यक खाद्य सामग्री खरिदका लागि आएका ग्राहकहरुलाई एक मिटरको दुरीमा राखेर लाइनमा लगाएका छौ भने उहाँहरुलाई अत्यावश्यक सामग्रबाहेकमा सामान खरिद गर्न घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेका छौं ।’
हामीले खाद्यन्न विक्रिका लागि भिडभाड कम गर्न अनलाइन प्रणालीमा साल्ट ट्रेडिङ कर्पोरेशनलाई लैजाने हो कि भन्ने प्रश्नमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले तत्कालका लागि कर्पोरेशनले मोवाइल भ्यानको मार्फत टोलटोलमा सामग्री विक्रिवितरण सुरु गरेको बताइन् । उनले भनिन् -‘ हामीले पसल तथा डिपोहरुमा भिड कम होस् भन्ने उद्देश्यका साथ आज मात्रै बालाजु क्षेत्रमा मोवाइल भ्यानबाट अत्यावश्यक खाद्य सामग्री विक्रि गरेका छौं, यसले गर्दा मानिसहरुले आफ्नै घर अगाडी भिडभाडमा नगई सामग्री किन्न सक्छन् ।’
उनले अनलाइन मार्फत सामान विक्रि गर्ने कम्पनिहरुसँग कुरा भइरहेको र यो काम छिटोनै सुरु गर्ने जानकारी समेत दिइन् । यसका साथै उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सबैमा आग्रह गरेकी छिन् ।
FACEBOOK COMMENTS