वीरगञ्ज, असोज ६ गते । साल्ट ट्रेडिङ कर्पोरेशनको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको छ भने हालसम्म करिब साढे १७ हजार टन भदौ ९ गते यता वीरगञ्ज नाका भएर भित्रिसकेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले अनुसार यूरिया भदौ ९ गते देखि वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेसंगै हालसम्म सात ¥याक अर्थात करिब साढे १७ हजार टन आईसकेको छ ।
अन्तिम खेप मध्येको एक ¥याक ( २५्र०० टन ) अर्थात ५० हजार बोरा रसायनिक मल यूरिया सिमावर्ती सहर रक्सौल आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले गोरखापत्रलाई बताएका छन् ।
श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको सात ¥याक अर्थात करिब साढे १७ हजार टन रसायनिक मल यूरिया मललाई साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइ सकिएको र अन्तिम खेपमा आएको रसायनिक मल यूरिया मल पनि आउने बित्तिकै पठाईने कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिए ।
कृषि सामग्री कम्पनीले साउनको अन्तिममा आयात गरिसक्नु पर्ने युरिया मल आयात नगर्दा मलको हाहाकार भएको छ ।
नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने प्रावधान रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गएको जेष्ठ १५ गतेदेखि नै युरिया मल छैन ।
FACEBOOK COMMENTS